Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

चीनका विदेशमन्त्री वाङ यी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार

काठमाडौँ १२ चैत — नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्तापछि विदेशमन्त्री वाङ प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता भएको थियो । पछि दुई देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको थियो ।

तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार अपरान्ह नेपाल आइपुगेका विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेतासँग भेटघाट गर्ने कार्यतालिका छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com