एम्बाप्पेले दुई गोल गर्दा फ्रान्स खेलमा फर्कियो
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/12/bd92c7b7-83b1-4884-beb4-f9c91ae6288f.jpg)
९७ सेकेन्ड भित्र २ गोल गर्दै फ्रान्स विश्वकपमा फर्किएको छ। २ गोलले पछि परेको फ्रान्सले खेलको ८० औं मिनेटमा पेनाल्टीमार्फत गोल फर्कायो।
पेनाल्टीमा एम्बाप्पेले गोल गरेका थिए। पहिलो गोल गरेको ९७ सेकेन्डमै दोस्रो गोल गर्दै फ्रान्सले खेललाई २–२ को बराबरीमा ल्यायो।
त्यसपअघि पहिलो हाफमै मेसी र डि मारियाको गोलमा अर्जेन्टिनाले दोहोरो अग्रता बनाएको थियो।
खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/12/SOR67591671382380.webp)
फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सीले सहजै गोल गरे ।
![](https://www.yetikhabar.com/wp-content/uploads/2023/01/shuddadhan-ga-pa-632x1024.png)
यस्तै खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै फ्रान्सलाई २–० को अग्रता दिलाएका थिए। उनले म्याक एलिस्टरको पासमा गोल गरेका थिए।