Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

सिङ्गापुरलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि मलेसियासँग खेल्ने

काठमाण्डाै – नेपाल एसीसी यू–१६ इस्ट जाेन कपकाे क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेकाे हाे । नेपालले अब भाेलि मङ्गलबार फाइनलमा मलेसियासँग खेल्नेछ ।

नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे सिङ्गापुर ३१ ओभर ३ बलमा ८७ रनमा अलआउट भयाे । सिङ्गापुरका राेशन रविचन्द्रनले २४, प्रणव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए । बलिङतर्फ नेपालका कार्तिक कामतले ३ तथा सन्ताेष यादव, नरेन भट्ट, अशोक धामी, अभिषेक तिवारी र प्रतीक पोखरेलले १/१ विकेट लिए ।

यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेपालका सूर्यांशु काेइरालाले ४३ र निरजकुमार यादवले ४२, अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, दीप भुजेलले नटआउट १२, प्रतीक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाए । उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com