Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

इसराइलको आक्रमणबाट गजामा ६० प्रतिशत घर ध्वस्त

messenger sharing button

इसराइलको आक्रमणबाट गजामा ६० प्रतिशत भौतिक संरचना ध्वस्त भएका छन्। अक्टोबर ७ (असोज २०)यता इसराइली सैनिकको हवाइ आक्रमणबाट ६० प्रतिशत घरहरू ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इसराइलको आक्रमणमा परेका ३ लाख ५ हजार घरमध्ये ५२ हजार पूर्ण ध्वस्त र २ लाख ५३ हजार घरहरूमा आंशित क्षति पुगेको सिएनएनले उल्लेख गरेको छ।

इसराइलले एक साताको युद्धविरामपछि गजामा हमासविरूद्ध अझै सशक्त ढंगले आक्रमण बढाएको छ। उसले दक्षिणी गजामा पनि आक्रमण बढाएको छ।

अक्टोबर ७ यता इसराइली सैनिकको आक्रमणबाट गजामा अहिलेसम्म १६ हजारभन्दा बढी प्यालेस्टिनियन नागरिकहरूको मृत्यु भइसकेको छ।

अक्टोबर ७ मा हमासले इसराइलमाथि आक्रमण गर्दा १२ हजार जनाको मृत्यु भएको थियो। त्यहाँबाट २३९ जनालाई बन्दी बनाएर हमासले गजा पुर्‍याएको थियो। सात दिनको युद्धविराममा १०४ जना बन्दीमात्रै मुक्त गरेको छ। नेपालका विपिन जोशीसहित १३६ जना अझै हमासको बन्धकमा छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com