Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

२५ हजार अमेरिकन डलरसहित एक जना पक्राउ

माघ,२२ काठमाडौं । पच्चीस हजार अमेरिकन डलरसहित एक चिनियाँ नागरिक त्रिभुनवन अतर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। २९ वर्षीय चिनियाँ नागरिक कोय बिनचाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थानबाट पक्राउ गरिएको छ। ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको ब्यागभित्र उक्त डलर फेला परेको प्रहरीले बताएको छ ।

१ सय दरको २५० थान अमेरिकन डलर उनीबाट बरामद भएको हो। आजको विनियम दरअनुसार उक्त डलरको नेपाली रुपैयाँ ३३ लाख ४८ हजार हुन्छ।


पक्राउ परेका चिनियाँ नागरिक कोय चाइना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका थिए। उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइने प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com