Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

साउन,२६ काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने, नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने लेखकले बताए ।

बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने पनि प्रमुख सचेतक लेखकले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com