Yeti Khabar

२०८१ बैशाख २३, आईतवार - Sun May, 2024 -

अज्ञात समूहले काटिदियो हात्तीको सुँड

चैत्र,२२ काठमाडौं । चितवनको सौराहामा एक हात्तीको सुँड काटिएको छ। पर्यटन व्‍यवसायी दिपेश खतिवडाले आफूले पालेको पोथी हात्तीको सुँड अज्ञात समूहले काटिदिएको बताए।

अन्दाजी ४५ वर्षकी चञ्चलकली हात्तीको सुँड काटिएको हो। गएराति ११ बजेतिर हात्ती ठूलो स्वरले कराएपछि सुँड काटिएको अवस्थामा फेला परेको व्यवसायी खतिवडाले जानकारी दिए ।

‘राति हात्ती कराएपछि माउतेले थाहा पाएर हात्ती भएको ठाउँमा पुगेछन्। त्यसपछि मलाई फोन गरेपछि १५ मिनेटमै चिकित्सकलाई लिएर त्यहाँ पुगेँ,’ उनले भने।
कसले हात्तीको सुँड काटेको हो भन्ने आफूलाई थाहा नभएको पनि उनले बताए। चञ्चलकली भएको ठाउँमा अन्य दुइटा हात्ती पनि थिए। तर ती हात्तीलाई भने केही नगरेको पाइएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com