Yeti Khabar

२०८१ आश्विन २४, बिहीबार - Thu Oct, 2024 -

२१ नेपाली साउदीमा अलपत्र

साउदी रोजगारीका क्रममा साउदी अरब पुगेका २१ नेपालीलाई कम्पनीले तोकिएको सेवा सुविधा नदिएपछि अलपत्र परेका छन्। म्यानपावरसँग राम्रो काम र पारिश्रमिकको सम्झौता गरेर ६ महिना अघि साउदी पुगेका उनीहरूले तोकिएको तलब र सुबिधा त पाएनन् नै कम्पनीबाट समेत निकालिएका छन्।

मार्स सर्भिस म्यानपावरले ७ अक्टोबर २०२१ मा इन्टरनेसनल सामा एन्ड मेन्टेनस कम्पनीमा उनीहरूलाई पठाएको थियो। कम्पनीले २१ जनाकै राहदानी राखेर निकाली दिएको पीडितहरूले बताए। कम्पनीबाट निकालिनेमा सिन्धुलीका ४, काभे्रका २, कास्कीका ३, सर्लाहीका २, तनहुँका ३, बैतडी ३, पर्वत २, हेटौंडा र पर्वतका १/ १ जना छन्।

उनीहरूलाई साउदीको रियाद वथामा रहेको नेपाली होटल लालीगुराँसका सञ्चालक यम तमुले नेपालीहरूसँगको सहकार्यमा खाना र बस्नको व्यवस्था गर्दै आएका छन्।

पीडितका अनुसार नेपालमा म्यानपावरले १ हजार तलब र ३ सय ओभर टाइम दिने सम्झौता गरेको थियो। तर, कम्पनीले सुरुवातमा नै ओभरटाइमको २ सय मात्रै दिए र तीन महिनापछि ८ सय तलब र २ सय दिएर ठगेको पीडित मध्येका एक बैतडीका हरिस साउद बताउँछन्। सम्झौताअनुसार नभए काम नगर्ने र स्वदेश फर्कने बताएपछि कम्पनीले निकालिदिएको उनी बताउँछन्।

कामदारबाट साउदी पठाउँदा म्याननपावरले प्रतिव्यक्ति १ लाख ३० हजारदेखि १ लाख ७० हजारसम्म रकम लिएको पीडित बताउँछन्। पीडितहरूले आफूहरूलाई सम्बन्धित कम्पनीले अलपत्र पारेको गुनासो म्यानपावर सञ्चालक जयराम खत्री, प्रकाश बोहोरा र एजेन्ट अनिलकुमार ठाकुरलाई पटक–पटक जानकारी गराएका थिए। तर, कुनै सुनुवाइ नभएको अलपत्र नेपाली बताउँछन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com