Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

मतदाता परिचय पत्र नभएका हरुले पनि भोट हाल्न पाउने

२८ वैशाख, काठमाडौं । स्थानीयत तह निर्वाचनमा मतदाताले मतदाता परिचय पत्र नभए पनि परिचय खुल्‍ने कागजात देखाएर भोट हाल्न पाउने भएका छन् ।
आज आयोगले एक विज्ञप्ति जारी गर्दै मतदाताले परिचय खुल्‍ने कागजातबाट मतदान गर्न पाउने गरी व्‍यवस्था मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको जनाएको छ ।

तर मतदाता नामावलीमा नाम भएकाहरुले मात्र अन्य परिचय खुल्ने कागजात देखाएर मतदान गर्न पाउनेछन् ।
आयोगबाट जारी भएको परिचयपत्र वा नेपाली नागरिकताको प्रमाण पत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा
भोट हाल्न पाउने भएका छन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com