Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

सिराहाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ

माघ, २९ काठमाडौं । सिराहाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहाको औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव रहेका छन् ।

सरोज गत शनिबार राति औरही गाउँपालिका ३ बस्ने वर्ष २२ को संजितकुमार यादव र उनको बहिनी संजिता यादव डेरा गरी बस्ने सिराहा नगरपालिका ७ मा राम पुकार शर्माको घरमा पुगेर बादविवाद गरिरहेका थिए । प्रहरी पुगेर उनको शरीर खानतलासी गर्दा लुकाइराखेको कटुवा पेस्तोल बरामद भएको सिराहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र राज पाण्डेले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com