Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

रूखमा झुन्डिएको अवस्थामा जुम्ल्याहा छोरा र बाबुको शव फेला

गोरखामा रूखमा झुन्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ।
भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुन्डिएको अवस्थामा शनिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।

सात वर्षका दुई बालकको काप्राको रूखमा झुन्डिएको अवस्थामा फेला परेको छ, उनले भने, बुबा हेमबहादुरको शव अर्कै रूखमा भेटिएको छ।

घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रूखमा झुन्ड्याएर हत्या गरी आफूले आत्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ।

घरबाट झन्डै डेढ किलोमिटर पश्चिम-दक्षिणमा छोराहरूको शव एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए। बुबा हेमबहादुरको शव भने बालकहरू झुन्डिएको रूखभन्दा केही पर अर्को रूखमा फेला परेको हो।

घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान सुरू गरेको प्रहरी उपरीक्षक खनालले बताए।
घटना कसरी भयो भनेर खुल्न बाँकी नै छ, उनले भने, शवको मुचुल्का उठाउनका लागि प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ। तीनै जनाको शव पोस्टमर्टमका लागि गोरखा अस्पतालमा ल्याउने तयारी भइरहेको छ।

बिहान स्थानीयले रूखमा मान्छे झुन्डिएको देखेपछि घटनाका बारेमा जानकारी पाएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए। मृतक राना डेढ महिनाअघि मात्र श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेर बसेका थिए।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com