Yeti Khabar

२०८१ आश्विन २४, बिहीबार - Thu Oct, 2024 -

श्रीलंका जस्तो बन्दै छ, नेपाल : ओली

२७ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था बिग्रिएर श्रीलंकाको जस्तो बन्न लागेको दावी गरेका छन् । आज एमालेनिकट शिक्षक संगठनको कार्यक्रम उद्घाटन गर्दैै उनले सरकारले तलव दिन नसक्ने अवस्था समेत आउन सक्ने जिकिर गरेका छन ।

‘यो नेपालका लागि अनिष्टको समय हो, ओलीले भने, ‘एमालेका लागि होइन देशका लागि । अहिले देशको अर्थतन्त्र हेनुहोस् त श्रीलंका बन्दै छ नेपाल । केही समयपछि तनखा नपाए अनौठो नमान्नुहोला । तनखा दिन सक्ने अवस्था छैन । जेष्ठ नागरिकले भत्ता नपाए अनौंठो नमान्नुहोला ।

यस्तो अवस्थामा पनि एमालेलाई सरकारबाट हटाउन पाइयो भनेर गठबन्धनमा आवद्ध दलहरु खुसी भएर बसेको ओलीको भनाइ छ ।
एमालेलाई धेरै दिन सरकारबाट बाहिर राख्न नसकिने भन्दै उनले एमाले ‘ढुंगाको काम फोडेर’ पनि सरकारमा आउने बताए।
‘कति दिन राख्न सकिन्छ एमालेलाई बाहिर ओलीको भनाइ छ, ‘ढुंगाको काप फोडेर पनि उम्रिन्छ पीपल ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com