Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

अन्न निर्यात सम्झौता समाप्त भएको रुसको घोषणा

रुसले ब्ल्याक सीहुँदै अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको घोषणा गरेको छ । गएरातिदेखि समाप्त हुने सम्झौतालाई क्रेमलिनले हिजो नै म्याद समाप्त भएको बताएको हो ।

रुसले लामो समयदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ । आफूले अघि सारेका सर्तहरू पूरा भएमा पुनः सम्झौतामा फर्कनसक्ने पनि रुसले स्पष्ट गरेको छ । यो घोषणापछि रुसले टर्की, युक्रेन र संयुक्त राष्ट्र सङ्घलाई सम्झौताको म्यादबारे जानकारी पठाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घ र टर्कीको मध्यस्थतामा भएको यो सम्झौता राम्ररी कार्यान्वयन नभएको आरोप लगाउँदै रुसले त्यसलाई पालना नगर्ने बताएको समाचार संस्था एएफपीले जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी पक्षसम्बन्धी सम्झौताका बुँदा पूरा हुने बित्तिकै त्यसमा फर्किन सक्ने बताउनुभएको छ ।

अन्न सम्झौताबाट बाहिरिने रुसको घोषणालाई अमेरिकाले क्रुर निर्णयको संज्ञा दिएको छ । संयुक्त राष्ट्र सङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा मस्कोले मानवतालाई बन्धक बनाएको आरोप लगाउनुभएको छ ।

जर्मनीले सम्झौताको म्याद लम्ब्याउन रुससँग आग्रह गरेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com