Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

वर्षाका कारण भारतका धेरै ठाउँमा विद्यालय बन्द गर्न आदेश

अविरल वर्षाका कारण भारतका धेरै ठाउँमा विद्यालय बन्द गर्न आदेश जारी गरिएको छ । दिल्ली एनसीआरदेखि उत्तर प्रदेशको राजधानी लखनउसम्म वर्षाले नराम्ररी प्रभावित भएको छ ।

भारी वर्षाका कारण नोएडा, गाजियाबाद, लखनउ र आगरा सहित यूपीका १५ भन्दा बढी जिल्लामा विद्यालय बन्द गर्न आदेश दिइएको छ। सरकारी आदेश अनुसार सोमबार सबै सरकारी तथा निजी विद्यालय बन्द रहने छन् ।

गाजियाबाद प्रशासनले जारी गरेको आदेश अनुसार सीबीएसई, आईसीएसई, मदरसा शिक्षा बोर्ड र संस्कृत विद्यालयहरू पनि सोमबार बन्द रहनेछन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । वर्षा र हावाहुरी अक्टोबर १२ सम्म जारी रहनेछ।

मौसमविद् आरके जेनामानीले समाचार एजेन्सी एएनआईलाई दिल्लीको मयुर विहार क्षेत्रमा सबैभन्दा बढी वर्षा भएको बताए। तर, सोमबारपछि दिल्लीमा कम वर्षा हुने सम्भावना छ ।

पछिल्लो चार दिनदेखि देशका धेरै राज्यमा भारी वर्षा भइरहेको छ । कतिपय ठाउँमा बाढीको सम्भावना रहेको छ भने अवस्था बिग्रिएको छ । दिल्ली एनसीआरमा धेरै ठाउँमा सडकमा पानी जमेको कारण आवतजावतमा निकै कठिनाइ भइरहेको छ । दिल्लीको लाहोरी गेट क्षेत्रमा एउटा भवन भत्किएको छ, जसमा धेरै मानिस हताहत भएका छन् । – बीबीसी हिन्दी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com