Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

सवारी दुर्घटना हुँदा १३ जना घाइते

असार, १७ काठमाडौं । इलाममा सवारी दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका छन् । दुर्घटना आज दिउँसो इलाम नगरपालिका १ मिलगोमा भएको प्रहरीले जनाएको छ ।

ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको मे.१ ज. ३३२९ नं. को बोलेरो गाडी आफै अनियन्त्रीत भई रोडबाट करिब ५०० मि. तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घाइते हुनेमा ताप्लेजुङ पाथिभरा याङ्बरक गाउँपालिका ५ बस्ने २१ वर्षीय मनिषा तामाङ, वडा ६ का २४ वर्षीय लोकेन्द्र सिलवाल, फुङलिङ नगरपालिका ६ बस्ने ३० वर्षीय निमा खतिवडा रहेका छन् । यस्तै झापाको मेचिनगर नगरपालिका ९ बस्ने २२ वर्षीय दिवान राई, १० महिनाकी रियन्सा राई, २२ वर्षीय मञ्जली राई, भद्रपुर नगरपालिका ३ बस्ने ५३ वर्षीय इन्द्र ब। कार्की ,५६ वर्षीय जित ब।थेबे, पाँचथरको फालेलुङ गाउँपालिका १ बस्ने ३२ वर्षीय अप्सरा कोइराला, याङबरक गाउँपालिका ५ का ५१ वर्षीय प्रेम तामाङ, ६ बस्ने २३ वर्षीय दिपेन्द्र कोइराला, भोजपुरको श्यामसिला गाउँपालिका १ बस्ने २७ वर्षीय सुरेन राई, इलामको इलाम नगरपालिका २ का २४ वर्षीय चालक चुडामणि घिमिरे रहेका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com