Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सरकारले फेरि सार्वजनिक सवारीको भाडादर बढाउने तयारी

७ चैत, काठमाडौं । सरकारले फेरि सार्वजनिक सवारीको भाडादर बढाउने तयारी गरेको हो । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउनुपर्ने सिफारिससहितको प्रतिवेदन तयार गरेको हो । एक–दुई दिनमै विभागबाट मन्त्रालयमा पेश हुने र भाडा बढाउने निर्णय हुनेछ ।

संघ सरकारले भाडा बढाएमा प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउनुपर्नेछ । हालकै अवस्थामा सार्वजनिक सवारीमा करिब ११ देखि साढे ११ प्रतिशतसम्म भाडा बढ्न सक्ने देखिएको हो।

विभागको यस्तो प्रस्तावमा यातायात व्यवसायी पनि सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको व्यवसायीसँगको बैठकमा सरकारले भाडादर फेरि समायोजन गर्न सहमति जनाएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com