Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

एकै घरका आठ जनालाई विषालु पदार्थ खुुवाएर लुटपाट

१८ जेठ, काठमाडौं । कञ्चनपुरमा एकै घरमा बस्दै आएका आठ जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरैयाका खगेश्वरी प्वालीको परिवारका सदस्य र डेरा गरी बस्ने समेत ८ जना बेहोस अवस्थामा भेटिएका प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश डाँगीका अनुसार बिहान ढिलोसम्म कोही नउठेपछि छिमेकीले घरमा हेर्दा सबै जनालाई बेहोस अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

बेहोस भेटिनेमा ७० वर्षीय गोपीसिंह प्वाली, ४० वर्षीय लक्ष्मणसिंह प्वाली, १० वर्षीया सुप्रिया प्वाली र ५ वर्षीया शुभम प्वाली रहेका छन्
उनको घरमा डेरा गरी बस्ने १८ वर्षीय सुवास गोतामे, २१ वर्षीया तुलसी डाँगा, सिर्जना धामी र पंकज विष्ट पनि बेहोस भेटिएका छन् । उनीहरुलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल भर्ना गरिएको डीएसपी डाँगीले जनाए ।

प्वालीको घरमा दुई दिनदेखि डेरा गरी बस्दै आएका दुई जना भारतीय नागरिकले भोजको नाममा विषालु पेय पदार्थ र लड्डु खुवाएर बेहोस बनाएर लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । उनीहरुले नगद चार हजार रुपैयाँ र १० आना बराबरको एउटा तिलहरी लुटेको पाइएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com