Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

गृहमन्त्री बालकृष्ण खाणले चलचित्र क्षेत्रका समस्या समाधान गर्ने आश्वासन

काठमाडौं ८ वैशाख । गृहमन्त्री बालकृष्ण खाणले चलचित्र क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने बताएका छन्। गृह मन्त्रालयमा आज आयोजित चलचित्र क्षेत्रका प्रतिनिधिसँगको भेटमा उनले जनतालाई राष्ट्र, राष्ट्रियता, संस्कृति र रहनसहनबारे कलाका माध्यमबाट जानकार बनाउने कलाकारलाई सम्मान गर्नु सरकारको दायित्व भएको बताएका छन ।

भेटमा कलाकारहरु भुवन केसी र दीपाश्री निरौला, चलचित्र निर्माता नवलसिंह खड्का, गायक हेमन्त शर्मालगायतको सहभागिता थियो। उनीहरूले विभिन्न पदकबाट राज्यले सम्मान गरेपछि आफूहरूलाई कला क्षेत्रमा केही गर्नुपर्छ भन्ने ऊर्जा प्रदान भएकोसमेत बताए।

विदेशी चलचित्रले नेपालबाट पैसा लैजाने तर नेपाली चलचित्र बाहिर गएर नेपालमा पैसा भित्र्याउनसक्ने अवस्था नरहेको भन्दै कलाकारहरुले नेपाली चलचित्रलाई विदेशमा समेत चल्नसक्ने बनाउने नीति निर्माणको पहल गरिदिन पनि आग्रह गरेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com