Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

साउदी अरेबिया, यूएईसहित ६ वटा देशलाई ‘ब्रिक्स’ मा सामेल गराउने निर्णय

विकासशील राष्ट्रहरूको समूह ‘ब्रिक्स’ मा थप छ वटा देश थपिने भएका छन् । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भइरहेको ब्रिक्सको तीन दिने शिखर बैठकले साउदी अरेबिया, इरान, इथियोपिया, इजिप्ट, अर्जेन्टिना र संयुक्त अरब इमिरेट्स (यूएई) लाई सामेल गराउने निर्णय गरेको छ ।

नयाँ देशहरू आउँदो अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२४ देखि औपचारिक रूपमा ब्रिक्सको सदस्य बन्ने दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसामाले बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । अहिले ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् । ४० वटाभन्दा धेरै देशले ब्रिक्सको सदस्य बन्न चासो देखाएकोमा २२ वटा देशले त औपचारिक रूपमा लिखित अनुरोध नै गरेका छन् ।

विश्वको कुल जनसङ्ख्याको ४० प्रतिशत र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को एक चौथाइ भाग ओगट्ने भए पनि ब्रिक्सले विश्वका प्रमुख मुद्दामा प्रभावकारी भूमिका खेल्न नसकेको भनेर आलोचना भइरहेको बेला यसलाई थप बलियो बनाउने प्रयासलाई महत्त्वका साथ हेरिएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com