Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिए

रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन् । युक्रेनको महान्यायधिवक्ताको कार्यलयले सो जानकारी दिएको हो । रुसले २४ फेब्रुअरीदेखि युक्रेनमाथि हमला गरिरहेको छ । रुसी हमलामा दुई सय बालबालिका घाइते भएका छन् । युद्धमा युक्रेनतर्फ ठूलो भौतिक क्षति भएको छ ।

त्यस्तै, युद्धमा सयौँ मानिसहरुको मृत्यु भएको छ । राष्ट्रसंघका अनुसार युद्धका कारण २० लाखभन्दा बढी युक्रेनी शरणार्थी भएका छन् भने १ करोडले घर छाडेका छन् । युक्रेनमाथि आक्रमण गरेको रुसी सेनाले ठूलो क्षति सामना गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।

यसैबीच, रुसले पहिलो चरणको युद्ध समाप्त भएको अबको आफ्नो ध्यान पूर्वी दोनबासलाई पूर्ण स्वतन्त्रत बनाउनेतर्फ केन्द्रित हुने बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com