Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । बाँकेको डुडुवा गाउँपालिका–५ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँस्थित शिवराजपुर बस्ने विमल घर्तीकी छोरी ३ वर्षीया दुर्गा घर्ती रहेकी छन् । उनको शनिबार दिउँसो मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । पाल्पाको पुर्बखोला गाउँपालिका–४ मंगलामा लु.४ त ७१९८ नम्बरको ट्रयाक्टर शनिबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक पुर्बखोला गाउँपालिका–२ राक्से बस्ने २२ वर्षीय कमल राना छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरस्थित सडकमा डिएल ४ सिए ०१९७ नम्बरको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने हरिन्द्र पासवानकी छोरी २ वर्षीया सुधाकुमारी रहेकी छन् । उनको शनिबार साँझ मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली चोकमा प्रदेश ३–०२–०१२ प ६३३५ नम्बरको मोटरसाइकल रेलिङमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–२ घर भई भक्तपुर गठ्ठाघर बस्ने २७ वर्षीय पुण्य बहादुर बोहराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नागरिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । –न्युज कारखाना

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com