Yeti Khabar

२०७९ मंसिर १९, सोमबार - Mon Dec, 2022 -

नेपाली कांग्रेसको नेता, पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन

कात्तिक, ६ काठमाडौँ । नेपाली कांग्रेसको नेतासमेत रहेकी पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ। गए राति १ बजेर १० मिनेटमा चितवन मेडिकल कलेजमा उनको निधन भएको हो। कांग्रेस चितवनका सभापति राजेश्वर खनालले ९५ वर्षीया मैयादेवीको गए राति निधन भएको बताए। उनी लामो समयदेखि बिरामी थिइन्। पछिल्लो समय निमोनिया देखिएपछि उनी अस्पताल भर्ना भएकी थिइन्।

उनी मैयादेवी कन्या कलेजको संस्थापक पनि थिइन्। मैयादेवी २०४८ सालमा गोरखाबाट सांसद पनि भएकी थिइन्। पछि उनी राष्ट्रिय सभा सांसद पनि भइन्।

मैयादेवीले आफ्ना नाममा रहेका सम्पत्ति दान गर्ने गरेकी थिइन्। उनले करिब एक अर्ब सम्पत्ति दान गरिसकेको बताइएको छ। तनहुँको बन्दीपुरमा जन्मेकी उनले कांग्रेस केन्द्रीय कार्यालयदेखि विभिन्न स्कुल र संघसंस्थालाई जग्गासमेत दान दिएकी थिइन्।

खनालका अनुसार मैयादेवीको पार्थिव शरिरलाई आज बिहान ९ बजे कांग्रेस चितवन पार्टी कार्यालय, ११ बजे मैयादेवी कन्या कलेज र १ बजे देवघाटमा अन्तिम श्रद्धान्जलीका लागि राख्नेर आजै अन्त्येष्टि गर्ने कार्यक्रम छ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मैयादेवीको निधनको खबरले स्तब्ध भएको बताएका छन्।

‘कांग्रेसकी नेतृ, पूर्वसांसद तथा समाजसेवी मैयादेवी श्रेष्ठको निधनको खवरले स्तब्ध भएको छु। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री देउवाले आज बिहान ट्वीट गरेका छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com