Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

दैलेखमा करेन्ट लागेर एक जनाको मृत्यु

माघ, २४ काठमाडौं । करेन्ट लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका-४, लयाँटीका २९ वर्षीय प्रकाश बुढा रहेका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी अजुर्न केसीले बताए । दैलेख र कालीकोटको सिमाना दहीखोला नजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । उनी एभरेस्ट नेटवर्ककै कर्मचारी रहेको प्रहरीले बताएको छ ।

डीएसपी केसीका अनुसार हिजो बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको थियो । प्रहरीलाई बेलुका ८ बजेमात्रै घटनाबारे जानकारी भएपछि उनलाई प्रदेश अस्पताल ल्याइएको थियो । राति ११ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com