Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ : निर्वाचनमा सोचेजति नतिजा आएन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सोचेजति नतिजा नआएको बताएका छन् । निर्वाचनपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

बैठकमा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा सोजेजति सिट नआएपनि प्रदेशमा भने सन्तोषजनक नतिजा आएको बताए । बैठकमा उनले भने– ‘हामीले गठबन्धन गरेर राम्रै नतिजा आउँछ भन्ने थियो । सोचेजति सिट आएन प्रदेशमा सन्तोषजनक नतिजा आयो । हामीलाई संघमा ३० सिटभन्दा बढी आउँछ कि भन्ने थियो तर आएन । हामीले सोचेभन्दा १०–१२ सिट कम आयो । कांग्रेसबाट जति भोट ट्रान्सर्फर हुनुपर्ने हो भएन । अरु स्वतन्त्र भन्नेहरू आए । अब आफ्नै पार्टी बलियो र व्यवस्थित बनाउनुको विकल्प छैन ।’

बैठकमा अध्यक्ष प्रचण्डले अहिले जेजति सिट आएको छ त्यसलाई लिएर गठबन्धनकै सरकार बनाउनुपर्नेमा जोड दिएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । ‘अब अरु विकल्प खोज्नेतिर जानु हुन्न । गठबन्धनको भागवण्डा सहमतिमा प्याकेजमा टुङ्गो लगाउनुपर्छ भन्ने अध्यक्षको भनाई छ’ प्रचण्डको भनाई उदृत गर्दै पौडेलले भने ।

आजको बैठकमा चुनावको समीक्षामा केन्द्रित भइ छलफल भएको उनले बताए । बैठकमा प्रचण्डले हरिबोल गजुरेलको पत्रको विषयमा समेत जवाफ दिएका छ्न । ‘अध्यक्षले अहिलेको परिस्थिति बुझिदिन आग्रह गर्नुभयो, मलाई किन टिकट नदिएको भन्ने विषयमा जवाफ दिनु भयो’ गजुरेलले कुराकानीका क्रममा भने ।
बैठकमा निर्वाचनको समीक्षा र भावी कार्य योजनाका विषयमा छलफल भएको बताइएको छ ।रातोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com