Yeti Khabar

२०८० मंसिर २४, आईतवार - Sun Dec, 2023 -

मजदूरी नगरी छाक टर्दैन भन्छन् महिला

११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले बिदा दिनुका साथै सभा–सम्मेलन एवं सामाजिक सञ्जालमा दिवसको चर्चा भइरहँदा भीमदत्त नगरपालिका–१८ सालघारीमा डेरी गरी बस्ने २७ वर्षीया रीता चौधरी भने मजदूरी काममा व्यस्त थिइन् ।

चार वर्षदेखि महेन्द्रनगर बजार क्षेत्रमा घर बनाउने काममा दैनिक पाँच सय मा मजदूरी गर्ने चौधरीले महिला दिवसको चर्चा सुनेपनि आफूलाई भने हर्ष न विस्मात भएको बताइन् । दिनभरी मजदूरी नगरी साँझ डेरामा चुलो बल्दैन, दिवसमा बिदा छ भनेर के गर्नु रु उनले भनिन् दिवसमा हकहित र महिलामाथिको विभेदका नारा गुञ्जिए पनि हामी गरिबीको रेखामुनी रहेकालाई सधैँ उस्तै हो ।

उनले महिला पनि श्रमिकको रुपमा काम गरेर विकास निर्माणको सघाउन सक्रिय रहेको भन्दै महिलाको ज्यालामा वृद्धि हुनुपर्ने बताइन् । मजदूरी गरी जीविकोपार्जन गर्दै आएकी चौधरी कञ्चनपुरको लालझाडी गाउँपालिका–७ चान्देउकी स्थानीयवासी हुन् । श्रीमान् सुरज चौधरीसित महेन्द्रनगर मजदूरीका लागि आएकी रीताले पारिवारिक अवस्था दयनीय हुँदा आफू छोराछोरीलाई परिवारका सदस्यको जिम्मा लगाएर मजदूरीका लागि आएको दुःखेसो पोखिन् । उनले महिलालाई विभिन्न आयमुलक काममा लगाउन सीपमूलक तालिम सञ्चालन हुने गरेको भएपनि त्यो आफूहरुको पहुँचबाट टाढै रहेको बताइन् ।श्रीमान् सवारी चालक म मजदुरीमा छौं उनले भनिन्, “दुई जनाको मजदुरीले चामल किनमेलदेखि घरको अन्य खर्चटर्छ ।

त्यसैगरी आज बिहान घर बनाउने काममा मजदूरी गर्न जानअघि भगतपुरमै बसोबास गर्दै आएकी कृष्णपु्र नगरपालिका–२ बाणीकी सुष्मा चौधरीले नारी दिवसको चर्चाबारे थाहा पाइन् । तर उनलाई नारी दिवसको दिन मजदुरीमा जानु बाध्यता रहेको सुनाइन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com