दाङमा जीप दुर्घटना

बैशाख,२२ काठमाडौं । दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सल्यानको कपुरबोटबाट तुलसीपुर आउँदै गरेको रा १ च ३२१ नम्बरको जिप मध्याह्न १२ बजे तुलसीपुर उपमहानगरपालिका–३ शीरखोलामा दुर्घटना भएको हो।
दुर्घटनामा पाँच जना घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले बताए । आफूपनि घटनास्थलमा जाँदै गरेको र थप विवरण आइनसकेको उनले बताए।
Facebook Comment