Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा मतदान जारी

माघ, ११ काठमाडौं ।। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा मतदान जारी छ । प्रदेश निर्वाचनको कार्यालय सुर्खेतमा बिहान नौ बजेदेखि नै मतदान सुरु भएको छ ।

मतदानका लागि स्थानीय तह र प्रदेश सभा सदस्यका लागि दुईवटा मतदान केन्द्र राखिएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालीकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका छन्।
प्रदेश सभाका सदस्यहरूको मतभार संख्या दुई हजार १२० र पालिकाका जनप्रतिनिधिको दुई हजार ९६४ मतभार गरी जम्मा ५ हजार ८४ मतभार छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com