Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

भारतको मिजोरममा पुल भत्किँदा ज्यान गुमाउनेकाे सङ्ख्या २६ जना पुग्यो

भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा ज्यान गुमाउनेकाे सङ्ख्या २६ पुगेको छ । बुधवार बिहान निर्माणाधीन रेल्वे पुल भत्किँदा अहिलेसम्म ज्यान गुमाउनेकाे सङ्ख्या २६ पुगेकाे छ । 

मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ सहरमा निर्माणाधीन पुल भत्किएको थियो । मृतकहरु सबै घटनास्थलमा काम गर्ने कामदार रहेका बताइएको छ ।  मिजोरमका मुख्यमन्त्री जोरमथान्गाले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।

पुल भत्किनुको कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न निर्देशन दिनुकासाथै पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ब्रिक्स शिखर सम्मेलनका क्रममा घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com