Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पाए विश्वासको मत

जेठ,३ कााठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको जम्मा २८ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे ।

कांग्रेस र नागरिक उन्मुक्तिको कडा विरोधका बीच सभामुख भण्डारीले मत विभाजनको प्रक्रिया अगाडि बढाएका थिए । मत विभाजन हुँदा एमालेको ११, माअ‍ोवादीको १० (सभामुख बाहेक), नाउपाको २, समाजवादीको ४ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको विश्वासको मत मुख्यमन्त्रीले पाएका छन् ।

पहिलो चरणमा बैठक प्रारम्भ हुने बित्तिकै सभामुखले संसदको काम कारबाही अगाडि बढाउने प्रयास गरेका थिए तर प्रदेश प्रमुख नजिर मियाँले असंवैधानिक तरिकाबाट मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाउँदै बैठक अवरोध गरेका थिए । विपक्षी दलबाट अवरोध भएपछि सभामुखले केहि समयका लागि बैठक स्थगित गरेका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com