Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई स्पष्टीकरण

जेठ, १४ काठमाडौं । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको बदनियतका कारण चिह्न व्यवस्थापन गर्दा मत बदर भएको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि आयोगले आचार्यलाई स्पष्टीकरण सोधेको हो ।

आचार्यले केही दिनअघि निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत भन्दा बढी मत बदर हुन गएको भनी अभिव्यक्ति दिएका थिए ।

‘तपाईंको अभिव्यक्तिहरु नगर प्रमुख जस्तो जिम्मेवार जनप्रतिनिधिलाई सार्वजनिक मञ्चमा बोल्न असान्दर्भिक र अशोभनीय देखिन्छन् ? निर्वाचन आयोगले जारी गरेको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंलाई निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ र मतपत्रका कुन चिह्न कसरी राखिन्छ भन्ने जानकारी छ, छैन ? मतपत्रलाई लिएर आयोग र अन्य पदाधिकारी प्रति द्वेषपूर्ण अभिव्यक्ति दिनुको कारण के हो ?

दल र सरोकारवालाहरुको सहमति तथा विज्ञहरुको राय समेतको आधारमा मतपत्रको डिजाइन भएको र २०७४ सालदेखिको अभ्यास यसपालि समेत प्रयोग गरेको भन्दै निर्वाचन आयोगले मतपत्रलाई लिएर आयोग र अन्य पदाधिकारी विरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिनुको कारण सोधेको हो ।

आम नागरिक र जनसमुदायमा भ्रम छर्ने गरी सार्वजनिक वक्तव्य दिई आयोगको निष्पक्षता र विश्वसनीयता माथि नै प्रश्न उठाएको भन्दै आयोगले २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com