Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु

साउन,२२ काठमाडौं ।आज झापामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ।
अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा आज साँझ भएको दुर्घटनामा अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनी छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बसेकी थिइन्। सुमनले सडकमा भएको खाल्डोबाट मोटरसाइकल जोगाउन खोज्दा पछाडि बसेकी आमा लक्ष्मीमाया झरेकी थिइन्।

उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका निम्ति बिर्तामोड ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com