Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

प्रधानमन्त्री प्रचण्ड र कतारका राजाबीच भेटवार्ता

बैशाख,१२ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका अमिर शेख तमिम विन हमाद अल थानीबीच भेटवार्ता भएको छ। काठमाडौंको होटल सोल्टीमा प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर अल थानीबीच भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ ।

उनीहरूबीच अहिले वा टु वान भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। वान टु वान भेटवार्तापछि दुई देशको प्रतिनिधिमण्डल स्तरीय वार्ता हुनेछ। त्यसक्रममा विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर हुने बताइएको छ।

प्रधानमन्त्री प्रचण्डले आज दिउँसो कतारी अमिरको सम्मानमा होटल द्वारिकाजमा दिवा भोजको आयोजना गरेका छन्। मंगलबार दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका उनी आज फर्कनेछन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com