Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

कार्यपालिकामा एमाले विजयी

जेठ, १८ काठमाडौं । तिलोत्तमा नगरपालिकाको नगरकार्यपालिकामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । आज तिलोत्तमामा भएको कार्यपालिका निर्वाचनमा आठै जना सदस्य एमालेबाट विजयी छन् ।

एमालेले तिलोत्तमा नगरपालिकाका १७ वटा वडामध्ये ८ वटामा विजय हासिल गरेको थियो । नेपाली काँग्रेसले ९ वटा वडा जितेको थियो । कुल ८७ पदमध्ये एमाले ४५ पदमा विजयी भएको थियो ।

आज भएको कार्यपालिका सदस्यको निर्वाचनबाट महिला सदस्यमा तारा सुनार, राधा शाही, देवकी थारु र सावित्रा आचार्य, दलित तथा अल्पसंख्यकबाट सुरेन्द्र श्री, रवि सेन्चुरी, नरबहादुर छन्तेल तथा अन्यबाट लक्ष्मण घिमिरे निर्वाचित भएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com