Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

द भ्वाइस अफ नेपाल सिजन ४ मा कोच परिवर्तन

साउन,१९ काठमाडौं । गायन रियालिटी शो द भ्वाइस अफ नेपालु सिजन ४ को कोच परिवर्तन गरिएको छ।आज काठमाडौंमा एक कार्यक्रम गर्दै कोच परिवर्तन गरिएको जानकारी दिइएको हो।

तीनवटै सिजनमा कोचको रूपमा देखिँदै आएका दीप श्रेष्ठ र तेस्रो सिजनमा कोच रहेकी तृष्णा गुरुङको ठाउँमा राजेश पायल राई र प्रविशा अधिकारी देखिने भएका छन्।

कोच परिवर्तन गर्यो भने उहाँबाट केही नयाँ प्रतिभा आउँछ कि भन्ने लागेको छ, निर्देशक लक्ष्मण पौडेलले भने।
नयाँ कोच राजेश र प्रविशाले आगामी सिजनमा जोडिन पाउँदा उत्साहित रहेको बताए। यसअघि शोकोे हरेक सिजनमा एक महिला कोच परिवर्तन हुँदै आएका थिए। यसपटक भने दुई जना कोच परिवर्तन गरिएको हो।

अघिल्ला दुई सिजनमा कोच रहेका प्रमोद खरेल र राजु लामा यो वर्ष पनि यथावत् नै रहनेछन्।
कार्यक्रममा शोको काम अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ। डिजिटल अडिसनमा सहभागी भएका करिब ४१ हजार आवेदकमध्येबाट १२० बढी प्रतिभाहरू ब्लाइन्ड अडिसनको तयारीमा छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com