Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

ब्राजिलका राष्ट्रपति लुइजले आउँदो हप्ता चीनको भ्रमण गर्ने

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आउँदो हप्ता चीनको भ्रमण गर्नुहुने भएको छ । भ्रमणमा चिनियाँ समकक्षी सी जिनपिङसँग व्यापार तथा रुस–युक्रेन विवादमा चीनको मध्यस्थताबारे पनि छलफल हुने भएको छ ।

७७ वर्षका वामपन्थी नेता लुला आउँदो मङ्गलबार बेइजिङ पुग्ने र शुक्रबार चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको समाचार संस्था एएफपीले जनाएको छ । भेटमा लुलाले युक्रेनमाथि रूसको आक्रमण अन्त्यका लागि मध्यस्थता र वार्ताका लागि आफ्नो प्रस्तावलाई अघि बढाउनुहुनेछ ।

राष्ट्रपतिको रूपमा आफ्नो तेस्रो कार्यकालको तीन महिनापछि लुलाले तेस्रो विदेश भ्रमण गर्न लाग्नुभएको हो । उहाँले यसअघि अर्जेन्टिना र अमेरिकाको भ्रमण गरिसक्नुभएको छ । चीन ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार देश हो । बेइजिङका अधिकारीले पनि ब्राजिललाई आफ्नो रणनीतिक र आर्थिक योजनामा एक प्रमुख शक्तिको रूपमा लिने गरेका छन् ।

लुलाको पछिल्लो दुई कार्यकालमा सन् २००३ देखि २०१० सम्म ब्राजिलले रुस, भारत, चीन र दक्षिण अफ्रिकासँग मिलेर उदयिमान अर्थतन्त्रको ब्रिक्स समूह निर्माण गरेको थियो ।   एजेन्सी  
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com