Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

फिदिम नगरपालिकामा गठबन्धन निर्वाचित

४ जेठ,काठमाडौं। पाँचथरको फिदिम नगरपालिकामा गठबन्धनका उम्‍मेदवारले निर्वाचित भएका छन् ।
गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले र उपमेयरमा नेकपा माओवादीका राधाकृष्ण न्यौपाने निर्वाचित भएका हुन् ।

मेयरमा काफ्लेले नेकपा एमालेका पृथ्वी लावतीलाई ५७५ मतले पराजित गरे । काफ्लेले ९ हजार ८५५ मत ल्याउँदा लावतीले ९ हजार २८० मात्र मत पाए ।
यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले एमाले, राप्रपा गठबन्धनका जगत थापा मगरलाई पराजित गरे । न्यौपानेले ९ हजार ३६ मत ल्याउँदा थापाले ५ हजार ६३४ मत प्राप्त गरे ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com