Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

एमाले र जसपा भन्छन् चुनाव खर्च थोरै भो

फागुन ३० काठमाडौं निर्वाचन आयोगले बैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारले गर्ने खर्चको सिलिङ तोकेको हो । राजनीतिक दलहरु भने यो सिलिङप्रति सन्तुष्ट छैनन् । तथापि आयोगको निर्णय मान्न दलहरु बाध्य भएका छन्। नेपालको निर्वाचन महंगो र भड्किलो भएको गुनासो स्वयं राजनीतिक दलहरुले नै गर्दै आएका छन् भने,उनीहरु नै आयोगको सिलिङ कम भएको भन्दै सन्तुष्ट हुन सकेका छैनन् ।

आयोगले आगामी स्थानीय निर्वाचनका लागि महानगरपालिकाका प्रमुख–उपप्रमुखले ७ लाख ५० हजार रुपैयाँ मात्रै खर्च गर्न पाउने गरी सिलिङ तोकेको हो। त्यसैगरी उपमहानगरपालिकाका प्रमुख–उपप्रमुखले ५ लाख ५० हजारसम्म खर्च गर्न पाउने छन् । नगरपालिकाका प्रमुख–उपप्रमुखले ४ लाख ५० हजार खर्च गर्न पाउनेछन् । गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षले तीन लाख ५० हजार खर्च गर्न पाउने आयोगले सिलिङ तोकेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com