Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

अमेरिकाको हवाईमा भीषण आगलागी, अहिलेसम्म ५३ जनाको मृत्यु

अमेरिकाको पश्चिमी टापु प्रान्त हवाईको माउइमा भीषण आगलागीबाट अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ। सिएनएनका अनुसार आगलागीमा परी बिहीबारसम्म ५३ जनाको मृत्यु भएको र मृतकको संख्या अझै बढ्ने सम्भावना छ।

हवाईका गभर्नर जोस ग्रिनले आगलागीले पर्यटकीय शहर लहाइनालगायत क्षेत्रमा आगलागीबाट १००० भन्दा बढी संरचना ध्वस्त भएको र हजारौं विस्थापित भएको बताएका छन्।

आगलागी नियन्त्रणका लागि अमेरिकी कोस्ट गार्डको हेलिकप्टर र सयौं अग्नि नियन्त्रक यन्त्र  र जनशक्ति परिचालन गरिए पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन।

त्यहाँ समुद्री आँधी र हावाहुरीले आगलागी थप फैलाएको अधिकारीहरूले बताएका छन्। अहिले जलन र श्वासप्रश्वासका बिरामीले माउइका अस्पतालहरू भरिएको पनि सिएनएनले उल्लेख गरेको छ।

आगलागी प्रभावित क्षेत्रहरूमा टेलिफोन, इन्टरनेट र विद्युत् अवरूद्ध छ। अवरूद्ध सेवा खुलाउन प्राविधिकहरू लागिरहेका छन्।

गभर्नर ग्रिनले आगलागीबाट करौडौं डलर बराबरको क्षति भएको र पुननिर्माणमा पनि वर्षौं लाग्ने बताएका छन्। अहिले भौतिक संरचनाभन्दा मानव जीवन रक्षालाई प्राथमिकता दिएर उद्धार र आगलागी नियन्त्रणको काम भइरहेको उनले बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आगो नियन्त्रणका लागि उपलब्ध सबै साधन स्रोत उपयोग गर्न निर्देशन दिइसकेका छन्।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com