Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

नाबालिग गायिकामाथि बलात्कार मुद्दामा हिरासतमा रहेका पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा पठाउन आदेश

थुनछेक बहस सकिएपछि बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका अधिकृत हरिशचन्द्र गौतमले जानकारी दिए।

बलात्कार मतियारका अभियोग लागेका पलका म्यानेजर कृष्ण जोशीलाई भने १ लाख धरौटीमा छाड्न आदेश भएको गौतमले बताए। आदेश भएसँगै जिल्ला कारागार तनहुँमा पललाई चलान गरिसकिएको प्रहरीले जनाएको छ।

पीडित नाबालिगका तर्फबाट जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधीवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बुधबार बहस गरेका थिए।

यता पलका पक्षबाट बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, यदुनाथ खनाल, लव मैनाली, अधिवक्ताहरू भानुभक्त सुवेदी परशुराम गिरी, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घिमिरे लगायत १२ जनाले बहस गरेका थिए।

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ बर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो।
अदालतले सोही दिन पलसँग बयान लिएको थियो भने मतियारका रूपमा पेस गरिएका उनका म्यानेजर कृष्ण जोशीसँग बुधबार बयान लिएको थियो।

परिवारले फागुन ११ गते उजुरी दिएपछि बेपत्ता भएका पल १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए। पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com