Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सिक्किममा ठूलाे वर्षापछि आएको बाढीले सेनाका २३ जवान बेपत्ता

भारतको पूर्वोत्तर राज्य सिक्किममा ठूलाे वर्षापछि टिस्टा नदीमा आएको बाढीले भारतीय सेनाका २३ जवान बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बाढीले सेनाका केही गाडी पनि बगाएको छ ।  

यस्तै, बाढीमा परेर  जलविद्युत् आयोजनाका केही कर्मचारी पनि बेपत्ता भएका आशङ्का गरिएको छ । राति अचानक आएको बाढीका कारण धेरै नोक्सानी भएको खबरमा उल्लेख छ । वर्षाका कारण त्यहाँको राष्ट्रिय राजमार्गसहित धेरै सडकमा क्षति पुगेको छ ।

सडक सम्पर्क टुट्दा राहत तथा उद्धारमा कठिनाइ भएको छ । बाढीको जोखिम बढेपछि जलपाइगुडीमा नदी आसपासका क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com