Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्छ : नेता प्रकाशमान

चैत्र,२८ काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सहकारीको रकम अपचलनको विषयमा प्रश्न उठेकाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने बताएका छन् ।
आज बिहान बुद्धनगरमा आयोजित एक कार्यक्रममा उनले राजीनामा दिएपछि संसदीय छानबिन समितिले निकाल्ने निष्कर्षका आधारमा अघि बढ्नुपर्ने बताए ।

बजेट निर्माणको क्रममा विवादमा मुछिएका पूर्वअर्थमन्त्री जनार्दन शर्माले पनि पदबाट राजीनामा दिएको र संसदीय छानबिन समितिले सफाइ पाएपछि पदमा फर्किएको भन्दै उनले रविलाई पनि राजीनामा दिएर छानबिनमा सघाउन सुझाव दिए ।

‘सहकारीको रकम अपचलनको विषयमा जोमाथि शङ्का भइरहेको छ, उही हाकिम भएर बस्न मिल्छ र ?,’ नेता सिंहले भने, ‘शङ्का उठिसकेकाले छानबिन गर्नुपर्‍यो नि त ।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com