Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

पहिरोमा पुरिएर सासु–बुहारीको मृत्यु

असार, ३ काठमाडौं । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ।
वर्षासँगै हिजो बेलुकी ११ बजेतिर झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारीको मृत्यु भएको सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष चित्रकुमार लिम्बुले जानकारीजानकारी दिएका छन् ।

हिजो राति ११ बजेतिर आएको पहिरोमा परेको सासु बुहारी बेपत्ता हुनुभएको थियो। आज बिहान उहाँहरूको शव फेला पर्‍यो’, लिम्बुले भने।

तुलसा सासु र यशोदा बुहारी हुन्। यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएका थिए।
पहिरोले अधिकारीका दुई वटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com