Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सलमान खानले टिजर सार्वजनिक गर्दै सुरु गरे आगामी फिल्मको प्रमोसन

काठमाडौं– बलिउड अभिनेता सलमान खानको फिल्म क्षेत्रमा आएको २६ अगस्टमा ३४ वर्ष पूरा भएको खुशीयालीमा आफ्नो पछिल्लो फिल्म ‘किसीका भाइ किसीकी जान’ को एक छोटो झलक सार्वजनिक गर्दै आफ्ना प्रशंसकहरूलाई धन्यवाद दिएका छन्।

अबको १० दिनपछि आउने भनिएको सलमान खानको एक्सन र मनोरञ्जनले भरिपूर्ण फिल्मको छोटो टिजर सार्वजनिक गर्दै आफ्नो भूमिकाको सानो परिचय पनि दिएका छन्। सलमानले भिडियोमा एक क्रुजर मोटरसाइलकमा सवार हुँदै लद्दाख भ्यालीमा घुमेको देखिन्छ।
टेडमार्क सनग्लासेसकै साथ सलमान लामो हेअर लुकमा देखिएका छन्, जसले उनको पात्रको आर्कषण पनि देखिएको छ।

खानको नयाँ फिल्मको नाम परिर्वतन
उनले आफ्नो नयाँ फिल्मको नाम पनि परिर्वतन भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै क्याम्पनमा लेखेका छन् ‘किसीका भाइ किसीकी जान।’ उनको प्रोडक्सन हाउन सलमान खान फिल्म्सले पनि उक्त भिडियो सेयर गरेको छ।
फिल्ममा सलमान खानसँगै पुजा हेगडे र वैकटेशको पनि भूमिका रहेको छ। यसको अरु घोषणा छिट्टै गर्ने तयारी भइरहेको छ। नेपाल लाइभ

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com