Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

सुपर-६ खेल्नुअघि नै नेपाल सेमिफाइनल नपुग्ने निश्चित

sharethis sharing button

आइसिसी यू-१९ विश्वकपमा आज नेपालले सुपर-६ को आफ्नो पहिलो खेलमा बंगलादेशसँग खेल्दैछ। सुपर-६ को समूह-१ नेपाल र बंगलादेशसँगै भारत, पाकिस्तान, न्युजिल्यान्ड र आयरल्यान्ड छन्। सबैले टिमले दुई दुई खेल खेल्ने र शीर्ष दुईमा रहेन टिम सेमिफाइनल पुग्ने प्रावधान छ।

जसअनुसार भारत र पाकिस्तानले मंगलबार सुपर-६ को पहिलो खेलमा जित निकाले। भारतले न्युजिल्यान्ड र पाकिस्तानले आयरल्यान्डलाई हराएका थिए। भारत र पाकिस्तानको जितसँगै नेपाल भने सुपर-६ को खेल सुरु हुनुअघि सेमिफाइनल नपुग्ने निश्चित भएको छ। 

अब नेपालले आज बंगलादेश र शुक्रबार भारतसँग खेल्नेछ। दुवै खेलमा जित निकाले पनि नेपाल अन्तिम चारमा पुग्नेछैन। किनकी भारत र पाकिस्तान दुवैले ६-६ अंक जोडिसकेका छन्। दुई खेल खेल्ने नेपाल भने अंकबिहीन छ।

सुपर-६ मा दुई दुई मात्र खेल

आइसिसी यू-१९ विश्वकप २०२४ मा नेपालले समूहको अन्तिम खेलमा अफगानिस्तानविरूद्ध १ विकेटको रोमाञ्चक जित निकाल्दै सुपर-६ मा स्थान बनाएको थियो। 

आइसिसीले यसपटकदेखि यू-१९ विश्वकपमा सुपर-६ को नियम ल्याएको हो। जसअनुसार चार समूहका शीर्ष तीन टिमले सुपर-६ मा स्थान बनाएका थिए। नाम सुपर-६ भए पनि १२ टिमले दुई समूहमा प्रतिस्पर्धा गर्नेछन्। 

सुपर-६ को समूह-१ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश, नेपाल र आयरल्यान्ड छन्। सुपर-६ को समूह-२ मा अस्ट्रेलिया, श्रीलंका, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन्।

सुपर-६ मा प्रत्येक टिमले दुई दुई मात्र खेल खेल्ने आइसिसीको नियम छ। समूह चरणमा प्रतिस्पर्धा गरेका टिमसँग सुपर-६ मा प्रतिस्पर्धा हुनेछैन। जसअनुसार अब नेपालले सुपर-६ को समूह-१ मा रहेका पाकिस्तान र न्युजिल्यान्डसँग खेल्नेछैन। यस्तै अर्को समूहबाट आएका दुई टिमसँग मात्र खेल्न पाउने प्रावधानअनुसार नेपालले सुपर-६ मा भारत र बंगलादेशसँग खेल्ने लागेको हो। अरु टिमले पनि दुई दुई खेल मात्र खेल्नेछन्। 

आफूले पराजित गरेको टिम सुपर-६ मा पुगेको अवस्थामा स्वत: अंक जोडिनेछ। त्यसैले पाकिस्तानको सुपर-६ का खेल नखेल्दै ४ अंक भइसकेको थियो। किनभने समूहमा उसले हराएका न्युजिल्यान्ड र नेपाल सुपर-६ मा पुगेका छन्। हिजो आयरल्यान्डलाई हराएसँगै पाकिस्तानको ६ अंक भएको छ। 

नेपालको भने सुपर-६ मा अंक छैन। किनभने नेपालले समूहमा प्रतिस्पर्धा गरेका पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेको थियो। सुपर-६ मा सबै टिमले दुई दुई खेल खेलेपछि शीर्ष दुईमा पर्ने टिमहरु सेमिफाइनलमा पुग्नेछन्। सेतोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com