Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

एमालेले आज पत्रकार सम्मेलन गर्दै

साउन,२८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् गतिरोधलगायत पछिल्लो राजनीतिक अवस्थाबारे विशेष पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्दै छ।
आज मध्याह्न १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको एमालेका प्रचार विभाग सचिव गगन विष्टले बताए । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ओली उपस्थित हुने र पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीले धारणा सार्वजनिक उनले बताए ।

त्रिभुवन विमानस्थलअगाडिबाट एक क्विन्टल सुन समातिएको प्रकरणमा एमालेले उच्चस्तरीय समिति बनाएर छानबिन गर्न माग गर्दै संसद् अवरूद्ध गर्दै आएको छ। एमालेको अवरोधका कारण साउन १० गतदेखि संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com