Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

इनार सफा गर्ने क्रममा दुईको मृत्यु

चितवन, माडीमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–८ का २५ वर्षीय सूर्य गुरुङ र ३० वर्षीय शिव राई छन्।

कार्यालका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार माडी नगरपालिका–७ देवेन्द्रपुरस्थित एक घरको इनार सफा गर्ने क्रममा शनिबार दिउँसो इनारभित्र पसेका गुरुङ निस्सासिएका थिए। उनको उद्धारका लागि गएका राईको डोरी चुडिँदा उनीहरू पानीमा डुबेका थिए।

पानीमा डुबेका उनीहरूको अक्सिजन कम भएर मृत्यु भएको अनुमान छ। इनारको पानी फालेर उनीहरूको शव बाहिर निकालिएको कार्यालयले जनाएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com