Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

स्थानीय तहको निर्वाचनका लागि एमालेले झापाका १३१ वडामा उम्मेदवार छनोट

काठमाडौं २३ चैत । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले झापाका १३१ वडामा उम्मेदवार छनोट प्रक्रिया सुरू गरेको छ।
आज नेकपा एमालेले २९ वटा वडामा सर्वसम्मत रूपमा उम्मेदवार पनि सिफारिस गरेको छ।
धेरैजसो वडामा सर्वसम्मतका लागि छलफल जारी रहेको नेकपा एमाले झापाका सचिव शिव ढुङ्गेलले जानकारी दिएका छन।

उनका अनुसार बुद्धशान्तिको १, अर्जुनधाराका २, विर्तामोडका २, भद्रपुरका ४, मेचीनगरका २, कनकाईका २, झापाका गाउँपालिकाका २, कचनकवलको १, हल्दिबारीको १, बाह्रदशीका २, शिवसताक्षीका २, गौरीगञ्जका ३, गौरादहको १, कमलको १ र दमकको २ वटा वडाले वडाध्यक्ष र सदस्यहरूको उम्मेदवार चयन गरिएको हो।

सर्वसम्मत नभएका वडामा मतदानबाट उम्मेदवार सिफारिस गर्ने काम भइरहेको सचिव ढुङ्गेलले बताए
चैत २५ को पालिका कमिटीले मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षको उम्मेद्वारी सिफारिसका लागि छलफल प्रारम्भ गर्नेछ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com