Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

अब जटिल शल्यक्रिया पनि हुम्लामै गर्न सकिने

काठमाडौं ७ चैत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्ला अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्ने भएको हो ।
हुम्ला अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउनको लागि प्रतिष्ठान र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सम्झौता भएको हो । सम्झौताको आधारमा हुम्लाको स्वास्थ्य सेवा प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले बताए ।

प्रतिष्ठानका उपकुलपति डा. रावल र मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीबीच सम्झौता भएको थियो । थप दुईजना विशेषज्ञ चिकित्सक पठाएर सेवालाई प्रभावकारी बनाउन लागिएको छ । सम्झौता अनुसार आगामी वैशाख अगावै विशेषज्ञ चिकित्सक हुम्ला अस्पताल पुग्नेछन् । हुम्ला अस्पतालमा सर्जिकल, ओटी र गाइनोलोजिष्टलगायतका विशषज्ञ सेवा सञ्चालनलाई तीन चिकित्सक पठाइने उपकुलपति डा.रावलले बताएका छन ।

अब जटिल शल्यक्रिया पनि हुम्लामै गर्न सकिने छ देशभरका प्रतिष्ठानले दुर्गम जिल्लामा विशेषज्ञ सेवा दिनुपर्ने मन्त्रालयको योजना अनुसार कर्णाली प्रतिष्ठानले हुम्ला रोजेको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com