Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

जेठ,२४ काठमाडौं । नेकपा एमालेले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम राख्ने भएको छ । त्यसका लागि असार २ गते विहानसम्म काठमाडौं आइसक्न महासचिव शंकर पोखरेलले पत्राचार गरेका छन् ।

एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन् ।

जनप्रतिनिधिलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहको अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिने एमालेले उल्लेख गरेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com