Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

पहिरोले अवरूद्ध कालीगण्डकी करिडोर सडकखण्ड पुनः सञ्चालन

पहिरो खसेपछि अवरूद्ध भएको कालीगण्डकी करिडोर सडकखण्ड अहिले पुनः सञ्चालन भएको छ।
पाल्पाको रामपुुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खस्दा आइतबार दिउँसो ३ बजेदेखि अवरूद्ध सडक सोमबार अपराह्नबाट सञ्चालनमा आएको छ।

करिडोर अन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै स्याउलीबजारदेखि तिरतिरेधाराको बीच भागमा खसेको पहिरो सोमबार बिहान १० बजेदेखि हटाउने काम भएको हो। करिब सात घन्टा लगाएर पहिरो हटाइएपछि यस सडकखण्ड भएर गुड्ने सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेको ज्ञानमञ्जरी प्राथमिक विद्यालयका प्रधानाध्यापक दानस मल्लले जानकारी दिए।

यस क्षेत्रमा पटक पटक माथिबाट पहिरो खसेर सडक अवरूद्ध हुने गरेको छ।
सडक अवरूद्ध हुँदा रामपुरदेखि काठमाडौं, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका लागि छुटेका गाडी र काठमाडौं, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका ठाउँबाट रामपुर आउँदै गरेका गाडीमा सवार यात्रुहरू अलपत्र परेका थिए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com